स्याङ्जामा अति विपन्न परिवारलाई न्यानो कपडा वितरण

पाेखरा | पुस २०, २०७९

स्याङ्जामा अति विपन्न परिवारलाई न्यानो कपडा वितरण

स्याङ्जा: जाडो बढेर जनजीवन प्रभावित भएपछि दलित उत्थान केन्द्र र अर्जुनचौपारी गाउँपालिकाले ३० घर परिवारलाई न्यानो कपडा वितरण गरेको छ । अर्जुनचौपारी गाउँपालिका भित्रका अति विपन्न परिवारको स्वास्थ्यलाई मध्यनजर गर्दै न्यानो कपडा वितरण गरेको केन्द्रका अध्यक्ष दिपक बिश्वकर्माले बताउनुभयो ।  


पालिकाको प्रत्येक वडाका पाँच पाँच जना अति बिपन्न तथा एकल दलित महिला छनौटगरी न्यानो कपडा वितरण गरिएको विश्वकर्माले बताउनुभयो । एक–एक सेट बिस्तारा प्रदान गरिएको उहाँले बताउनुभयो । 


न्यानो कपडा प्रदान गर्दै गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले विपन्न वर्गको उत्थानका लागि पालिकाले सहयोग गरेको बताउनुभयो । पालिकाले विपन्नको जनप्रतिनिधिको सुबिधा कटौती गरेर निःशुल्क स्वास्थ्य बीमा, निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको बताउदै तिवारीले पालिका बिपन्न र गरिबको हितमा रहेको बताउनुभयो । 


यस्तै, रुजी फाउण्डेशनले स्याङ्जाको गल्याङ नगरपालिका पनि वडा नं ८ को चण्डिका आधारभूत विद्यालयका लागि न्यानो कपडा वितरण गरेको छ । बिद्यालयको कक्षा ५ सम्मका ६५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्

पोखरा:   ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...

थप पढ्नुहोस्

काठमाडौंः    नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।  निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

थप पढ्नुहोस्